नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

लोकपथ
6.6k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारले उनीहरूमाथि ३३ करोड बिगो मागदाबी गरेको छ ।  यस प्रकरणमा अख्तियारले पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?