काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलको बैठक बसेको छ ।
संसदमा जारी अवरोध र विपक्षीहरुको अडानबारे छलफल गर्न प्रचण्डको नेतृत्वमा बैठक बसेको हो ।
संघीय संसद भवनस्थित एक हलमा बसेको बैठकमा प्रचण्डसहित माओवादीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । त्यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको उपस्थित रहेको छ ।
त्यसो त यसअघि सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरुले विरोध जनाइरहेका छन् । सुरुमा गृहमन्त्रीको राजीनामा मागिएको भए पनि माओवादी भने अहिले राजीनामाबाट ब्याक हटेको । तर अन्य दलहरुले भने गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया