सुन तोलामा तीन हजारले घट्यो, चाँदीको कति ?

लोकपथ
784
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने तीन हजार रूपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

यसैगरी, आइतबार चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?