बेपत्ता गोताखोर साउदको पनि शव फेला

लोकपथ
2.3k
Shares

काठमाडौं । सप्तकोसी नदीमा बेपत्तामध्ये अर्का गोताखोरको पनि शव फेला परेको छ ।

गत बिहीबार उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सप्तकोसी नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये सुरज साउदको शव आज फेला परेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार कुरिनटारबाट गएका अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव फेला पारेको हो ।

उनको खोजीका लागि आइतबार बिहानबाट ३ जना डीएसपीको कमाण्डमा ११ जना गोताखोरसहित ६५ जना परिचालन गरिएको थियो ।

उक्त टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट शव निकालेको हो ।

त्यसो त बेपत्तामध्ये सशस्त्रका जवान समेत रहेका हरदेव राजवंशीको यसअघि नै शव फेला परिसकेको छ । राजवंशीको शव शुक्रबार बिहन घटनास्थलबाट तीन किलोमिटर दक्षिणतर्फ फेला परेको हो ।

बिहीबार उद्धार अभ्यासको क्रममा सप्तकोसी नदीमा सशस्त्रका दुईजना जवान बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?