प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका छन् ।

पछिल्ला दिनहरुमा संसद बैठक बस्न नसिकरहेका बेला प्रचण्डले बैठक आह्वान गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठको पहिलो साताबाट संसदमा विपक्षीहरुले विरोध जनाइरहेका छन् ।

विपक्षीहरुको विरोधपछि निरन्तर संसद बैठकमा अवरोध भएपछि आगामी रणनीतिक बनाउन विपक्षी दलहरुको बैठक बोलाइएको बताइएको छ ।

त्यसो त प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

बैठक प्रचण्डको नेतृत्वमा अपरान्ह १२ बजे बस्ने बस्नेछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

त्यसो त यसअघि नै माओवादी केन्द्रको पदाधिकारी बैठकमा संसदलाई नियमित रुपमा चलाउने पक्षमा माओवादी देखिएको थियो । तर रास्वपा र राप्रपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?