काठमाडौं । अमेरिकाले एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेको छ । यो संख्या चार दर्जनको हाराहारीमा रहेको बताइएको छ ।
यसरी डिपोर्ट गरिएकाहरू अमेरिकाको चार्टर्ड विमानमार्फत आज आइतबार दिउँसो काठमाडौं आइपुग्दै छन् । दिउँसो ४ः४५ बजे डिपोर्ट गरिएका नेपालीहरू बोकेको विमान त्रिभुवन विमानस्थल अवतरण गर्ने जानकारी प्राप्त भएको बताइएको छ ।
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार, विमानमा डिपोर्ट गरिएका कति नेपाली छन् भन्ने यकिन जानकारी दिइएको छैन । ’ठूलो संख्यामा छ भनिएको छ, तर यकिन कति छन् भन्ने जानकारी छैन,’ उनले भने ।
डिपोर्ट गरिएकाहरूलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउने भएको छ । ब्युरोले उनीहरूलाई ‘केरकार’ गरेपछि आफन्तको जिम्मा लगाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया