सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
84
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४औँ वार्षिकोत्सव तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा बोल्दै उनले अहिले शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा राखे ।

विद्यालयबाट शैक्षिक बेरोजगार बेरोजगार उत्पादन गर्ने क्रम रोक्नुपर्नेमा जोड दिँदै सिंहले भने,शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’

आफ्नै निर्वाचन क्षेत्र काठमाडौं-१ मा पर्ने यस विद्यालयको भौतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेको स्मरण गरे । उनले विद्यालयले ६४ वर्षको इतिहासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्रो काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएको पनि बताए । ०६४ अघि र अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?