प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

लोकपथ
245
Shares

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्  । आज आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका हुन्।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?