बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
1.6k
Shares

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका-१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?