काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरू वैज्ञानिक विधिहरूको प्रयोगबाट हुँदै आइरहेको बताएका छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरूलाई तीव्रता दिइएको बताएका हुन् ।
उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरूको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिए ।
मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताए । कार्यक्रममा मन्त्री अधिकारीले छ दशकपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदबाट पारित भई गत साउनदेखि कार्यान्वयनमा आएको मन्त्री अधिकारीको भनाइ थियो ।
उनले संयुक्त राष्ट्रसंघले यस वर्षका लागि तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया