घनश्याम भुसालकाे दाबी– ‘पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्षको संलग्नता छैन’

लोकपथ
987
Shares

बुटवल ।  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् ।

गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई बदलाको भावनाले अगाडि बढाइएको बताए । ‘ओली जी आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ, त्यही सिलसिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्दा चलाइएको हो’, उनले भने ।

उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल ऐजेन्डा हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?