ओलीलक्षित शेखरको टिप्पणी- ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर मात्रै हुँदैन’

लोकपथ
686
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार निर्मम हुन जरुरी रहेको बताएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताए । उनले प्रतिशोधको भावना लिएर नहुने भन्दै सांसद कोइरालाले कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने बताए ।

सुशासन ल्याउन कसले रोकेको छ भन्दै प्रश्न गरे । भ्रष्टाचार निर्मूल र दण्डहीनता अन्त्य गर्नुपर्ने बताए । देशमा दण्डहीनता पराकाष्ठा भइसकेको उनको भनाइ छ ।  

सांसद कोइरालाले भने, ‘सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै हुँदैन । त्यो देखिनुपर्‍यो । प्रतिशोधको भावना लिएर हुँदैन । कसैलाई गर्ने, कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना भइरहेको देखिरहेको छु । कुशासन इन्प्रुभ गर्न सकिँदैन ? सुशासन बनाउन सकिँदैन, कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन, कसले रोकेको छ ? गर्न सकिन्छ, हामी सक्छौँ भन्ने आँट तपाईँ हामीमा छ । मलाई छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ, दण्डहीनता अन्त्य गर्नुपर्छ । दण्डहीनता पराकाष्ठा भइसकेको छ यो देशमा । त्यसको अन्त्य गर्नुपर्छ । सुशासन दिन सक्नुपर्छ । रोजगारी सिर्जना गर्न कोसिस गर्नुपर्छ । सकिँदैन भन्ने होइन, सकिन्छ ।’

सांसद कोइरालाले काम गर्नेतिर भन्दा अन्य कुरामा ध्यान केन्द्रित भइरहेको भन्दै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?