काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै, ‘बकर ईदजस्ता पर्वहरू कुनै एक धर्म वा समुदायको मात्र नभई, राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै गएका छन्,’ भनेका छन्।
उनका अनुसार पर्वहरू मानव जातिको जीवनअनुभव, शिक्षा र ज्ञानको ऐतिहासिक समुच्चयबाट विकास भएका सांस्कृतिक सम्पदाहरू हुन्। उनले चाडपर्वहरूले समाजमा आपसी समझदारी र सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रचण्डले बकर ईदलाई आपसी सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा व्याख्या गर्दै यस्तो पर्वले ‘समुन्नत र समृद्ध नेपाल निर्माण’को राष्ट्रिय अभियानमा प्रेरणा दिने स्पष्ट पारे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया