भेरी नदीमा बेपत्ता दुईको शव फेला, एकको खोजी जारी

लोकपथ
224
Shares

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । 

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुमारी अझै बेपत्ता छन् । 

बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरू भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदी भाइ हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?