जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
819
Shares

दैलेख । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आठबिस नगरपालिका–८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय  मन बहादुर बडुवाललाई शुक्रबार बिहान पक्राउ गरेको हो ।  

मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?