संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौँ : मन्त्री पाण्डे

लोकपथ
28
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताएका छन् । 

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताए । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसद्मा ऐन छलफलमा रहेको पनि उल्लेख गरे । 

अभौतिक विषयवस्तुलाई संरक्षण र संवर्द्धन गर्ने प्रवर्द्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताए । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवर्द्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भूमिका निर्वाह गर्ने बताए  । 

मन्त्री पाण्डेले भने, ‘यस पटक हामीले सदनबाट संस्कृति नीति पास गर्दैछौँ । अहिलेको समसामयिक हाम्रो अवस्था, वर्तमान र सामयिकतालाई त्यसले बोकेर हिँड्ने गरी हामीले संस्कृति नीति बनाएका छौँ । अहिले अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसद्मा ऐन छलफलमा छ । यो सबै अभौतिक विषयवस्तुहरू हुन् । यी अभौतिक विषयवस्तुलाई संरक्षण र संवर्द्धन गर्ने प्रवर्द्धन गर्ने दिशामा हामी अघि बढेका छाैँ । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान छ । यी प्रतिष्ठानका माध्यमबाट हाम्रा सम्पदा, संस्कृतिलाई संवर्द्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भूमिका निर्वाह गर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताए । प्रकृति र संस्कृति नेपालको सम्पत्ति भएको बताए । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?