संसद् बैठक आइतबार १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित 

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ । पर्सि आइतबार १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको हो । 

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ ।

यसअघि प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?