वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छ : मन्त्री दाहाल 

लोकपथ
56
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताएका छन् । 

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्  । 

उनले काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।  महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गरे । 

मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताए । उनले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गरे । 

उनले भने, ‘काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर, महानगरहरूले अर्थात् सबै नगर तथा महानगरहरूले वातावरण संरक्षणको लागि नेतृत्व गर्नुपर्छ । हरेक नगर, हरेक पालिकाहरूले त्यसको नेतृत्व गर्नुपर्छ । विशेष गरी, महानगरहरूले त्यसको नेतृत्व गर्नुपर्छ, किनभने त्यहाँ घना बस्ती छ, फोहोरहरू त्यहाँ बढी उत्पादन हुन्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्छ । तर, पालिकाहरूले गरेर मात्रै हुँदैन । अथवा, सरकारले गरेर मात्रै हुँदैन । जनताहरूमा पनि चेतना जाग्नुपर्छ, जनताहरूले साथ दिनुपर्छ । आम जनताले त्यसमा साथ दिएनन् भने हामी सफलतामा पुग्न सक्दैनौँ ।’  उनले हरेक क्रियाकलापहरू वातावरणमैत्री हुनु आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?