काठमाडौं । सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरू लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् ।
आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गरेका हुन् ।
उनले गृहमन्त्री लेखकले छानबिनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई मार्ग प्रशस्त गरेर छानबिनका लागि तयार हुन आग्रह गरे ।
उनले भने, ‘भिजिट भिषामा गृहमन्त्रीमाथि प्रश्न उठिरहेको छ । हामीले मार्ग प्रशस्त गरेर छानबिनका लागि तयार हुन भनिरहेका छौँ । भिजिट भिसाका सम्बन्धमा लाखौँ मान्छे गइरहेको र आज कोको भिक्टिम बनिरहेका छन्, त्यो भिक्टिमका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्छ ।’
संसद् अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने बताए । अहिलेको स्थिति हेर्दा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया