सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरूलाई सांसद श्रेष्ठको आग्रह

लोकपथ
721
Shares

काठमाडौं । नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूसँग आग्रह गरेका छन् ।  शुक्रबार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम बताए । उनले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भए पनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने उनको भनाइ छ । शिक्षकहरूका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गरे । 

सांसद श्रेष्ठले भने, ‘शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ । पटक पटक सहमति गर्नुभएको छ । लागू भएको छैन । यो पटक तपाईँहरूले नछोड्नु होला । यो पालि गज्जवसँग सहमति गर्नुभएको छ । जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस् । पूर्वशिक्षामन्त्रीको, जनप्रतिनिधिको हैसियतले यहाँहरूलाई पूरा सहयोग हुनेछ । वर्तमान सरकारको शिक्षामन्त्रीसहित भएको र सत्तारुढ पार्टीकै एक जना जनप्रतिनिध भएको नाताले भनेको छु । अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ ।’ अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?