प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध हुने संकेत

लोकपथ
959
Shares

काठमाडौं । बिहीबार केही मिनेट मात्रै बसेर सरेको प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

विपक्षी दलहरुले विभिन्न माग राखेर प्रतिनिधि सभा बैठकमा विरोध जनाइरहेका छन् । त्यसो त हिजो दिँउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक विपक्षीहरुकै विरोधका कारण अपरान्ह ५ बजेपछि मात्रै बसेको थियो ।

तर विपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा र राप्रपाले विरोध जनाएपछि आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

गत जेठको पहिलो साता बाहिरिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै विपक्षीहरुले उनको राजीनामा माग गरिरहेका छन् । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामासहित भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् ।

त्यसो त प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने राजीनामाबाट केही लचक देखिए पनि रास्वपा र राप्रपा भने राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको एजेण्डालाई प्रमुखताका साथ उठाइरहेका छन् ।

त्यसो त गत जेठ १५ गते संसदमा पेश भएको बजेटबारे छलफल हुनुपर्नेमा विपक्षीहरुको विरोधपछि छलफल अघि बढ्न सकिरहेको छैन ।

आज पनि सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

यसअघि पनि निरन्तर छलफल भएको र निष्कर्ष निस्कन नसक्दा संसद बैठक अवरुद्ध भइरहेका छन् । भने आज पनि विपक्षीहरु सहमत नभएको अवस्थामा संसदमा उही प्रकरणको पुनरावृत्ति हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?