सप्तकोसीमा बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव फेला, अर्कोको खोजी जारी

लोकपथ
1.8k
Shares

काठमाडौं । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसीमा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 

सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।  उक्त टोलीले बेपत्ता भएका हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ । 

बिहीबार सशस्त्र प्रहरी बलको ६ नम्बर गण (सप्तरी) र ७ नम्बर गण (सिरहा) को संयुक्त टोलीले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारी अभ्यास (सिमुलेसन) गर्न सप्तकोसी नदीमा उत्रिएको थियो । अभ्यासकै क्रममा सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?