न्युजिल्याण्डको संसदमा ‘हाका नृत्य’ देखाउने हानासहित तीन सांसद निलम्बन

लोकपथ
2.8k
Shares

वेलिङ्गटन । न्युजिल्याण्डको संसद्मा माओरी हाका प्रदर्शन गर्ने तीन सांसदविरुद्ध कारबाही गरिएको छ । संसद्ले बिहीबार मतदानपछि तीनै  सांसदहरूलाई निलम्बन गरेको हो । यी सांसदहरूले प्रस्तावित कानुनको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए । 

संसदबाट निलम्बित हुनेमा हाना–रावहिती मापेई-क्लार्क, डेबी नागरेवा–प्याकर र रविरी वैतीती छन् । हानालाई सात दिन र अरू दुई जनालाई २१ दिनको लागि संसद्मा प्रतिबन्ध लगाइएको छ ।

यी तीन सांसदहरू माओरी पार्टीका हुन् । न्युजिल्याण्डको संसद्मा सांसदहरूलाई यसअघि यति धेरै दिनका लागि कसैलाई पनि निलम्बन गरिएको थिएन । यसअघि यो समय केवल तीन दिन थिए । 

यो पनि : विश्वको ध्यान खिचिरहेकी ‘हाना’ : को हुन् ‘माओरी’ र के हो ‘हाका’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?