काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गरेका छन् ।
नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गरे । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताए ।
वित्तीय संस्थाहरूले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उनको भनाइ छ ।
मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता जनाए । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने भन्दै उनले महमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।
मन्त्री अधिकारीले भने, ‘उत्पादनमा जोड दिनुस् । उत्पादनमा जोड दिइसकेपछि बजारीकरणको समस्या रहँदैन । बजारीकरणको समस्या हामी समाधान गर्न सक्ने अवस्थामा पुग्न सक्छौँ । मह उत्पादन गर्ने साथीहरूले वित्तीय संस्थाहरूले पनि लगानीका लागि वातावरण तयार गरिदिने हो भने उत्पादनका लागि समस्या हुँदैन । उत्पादनमा चरणको समस्या छ । राजनीतिक रूपमा आएको संघीयताले पेसा व्यवसाय गर्न पनि समस्या पार्यो भन्ने सन्दर्भ पनि आएको छ । त्यस्तो असजिलो परिस्थिति उत्पन्न हुन दिनु हुँदैन । यसको लागि राज्यले गर्न सक्ने गर्छ ।’
मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताए । उनले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताए । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया