मादी नदिमा बेपत्ता भएका व्यक्तिको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी सुरु

लोकपथ
294
Shares

काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिका– वडा नं. ३ र ५ जोड्ने झोलुङ्गे पुलबाट मादि नदिमा हाम फाली बेपत्ता भएको आशंकामा सोही नगगरपालिका–२ बस्ने तारालाल मल्लको सशस्त्र प्रहरी बलको गोताखोरले खोजी सुरु गरेको छ ।

जेठ २१ गते बिहान मर्निङ वाकमा निस्केका उनी अबेरसम्म घर नआएपछि खोजी कार्य गर्ने क्रममा झोलुङ्गे पुलको नजिकै उनको जुत्ता, पर्स तथा सरी भनेर लेखिएको सुसाई नोट फेला परेको थियो ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोज कार्यको लागि परिचालन भएको थियो । उनको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?