काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलिमा रहेको टाटा कार शोरुमबाट उनीरुलाई ‘फ्ल्याग अफ’ गरी बिदाइ गरेको छ ।

टाटाको कर्भ ईभी लिएर अटोमोबाइलमा गहिरो रुची राख्ने दुई युवा काठमाडौंदेखि दक्षिण भारतको अन्तिम बिन्दु कन्याकुमारी यात्रामा निस्किएका छन् । कर्भ ईभी लिएर अवाशिष ओझा र विजय कसजु काठमाडौंबाट भारतको कन्याकुमारीतर्फ लागेका छन् ।
टाटा कर्भ ईभी ५५ किलोवाट आवर ब्याट्रीयुक्त कुपे एसयूभी हो । कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए ।

सिप्रदीले बिहीबार विश्व वातावारण दिवसको अवसर पारेर कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई बिदाइ गरेको हो ।
कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा खासै समस्या नआउने कम्पनीको दाबी छ । टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भ लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यही मोडल सिप्रदीले नेपालमा बिक्री गरिरहेको छ । केटूके यात्रामा पनि यही कर्भ ईभी लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया