दाङ । जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटेलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका-१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया