काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए । उनले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गरे ।
सभापति देउवाले भने, ‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुशी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरूमा असहमति होला तर भए पनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’ वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया