काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वत निलम्बनमा परेको हो ।
आज अख्तियारले पतञ्जली योगपीठको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । हदबन्दी भन्दा बढी जग्गा छुट दिने निर्णय नेपाल प्रधानमन्त्री भएको मन्त्रिपरिषदले गरेको निर्णयविरुद्ध मुद्दा दायर भएको हो ।
यो नेपालमा पहिलोपटक पूर्व प्रधानमन्त्रीलाई मुद्दा दायर भएको प्रकरण हो । भ्रष्ट्राचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया