काठमाडौं । काठमाडौंको गौशाला, पिंगलास्थानस्थित होटल प्राइम सुइटमा एक युवकले आत्महत्या गरेका छन् ।
नवलपरासीको पालिन्दन गाउँपालिका–६ का २४ वर्षीय निराजन चौधरीले आत्महत्या गरेका हुन् ।
मलेसियाबाट हिजो बुधबार मात्र फर्किएका बुबा वीरेन्द्र चौधरीलाई स्वागत गरेपछि उनी सो होटलको कोठा नम्बर ४०३ मा बसेका थिए । उनको बाबुआमा चाहिँ ४०६ नम्बरमा थिए । आज बिहान अबेरसम्म कोठा नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेकोमा प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका थिए ।
प्रहरीका अनुसार होटलको बेड सजाउन राखिने कपडाको टुक्राले घाँटीमा पासो लगाई उनी पंखामा झुन्डिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया