काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यसो त केही दिन अघि अख्तियारले नेपालसँग बयान समेत लिएको थियो ।
नेपालले प्रधानमन्त्री रहेका बखतमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रुपमा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृती दिन निर्देशन दिएका थिए ।
०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो । जसमध्ये ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
त्यसो त २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद बैठकबाट निर्णय गराइएको थियो । त्यसको दुई महिना नबित्दै २०६६ साल चैत ६ गते मन्त्रिपरिषद्बाट अर्को निर्णय गराइ जग्गा बिक्री गर्ने स्वीकृती दिलाइएकोमा अहिले उक्त जग्गामा प्लटिङ गराइएको छ ।
नेपाल २०६६ साल जेठ १५ गतेबाट २०६७ साल माघ २२ गतेसम्म प्रधानमन्त्री रहेका थिए ।
यता पतञ्जलीलाई हदबन्दी छुटको जग्गा खरिदबिक्री गर्न अनुमति दिँदा नेपाल नेतृत्वको सरकारले भुमीसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिवमा माधव घिमिरे र भुमीसुधारसचिवमा छविराज पन्त रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया