सदन खुलाउन माओवादी लचक, गृहमन्त्रीको राजीनामाबाट पछि हट्यो

लोकपथ
3.1k
Shares

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदनलाई सुचारु गर्न दिने विषयमा चलक देखिएको छ ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सदनलाई खुलाउन सकारात्मक पहल रहने निष्कर्ष निकालेको हो ।

त्यसो त गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरुले सदन अवरुद्ध गर्दै आइरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने विपक्षीहरुको माग रहिआएको थियो ।

तर प्रमुख प्रतिपक्षी दल समेत रहेको विपक्षी दलहरुको मुख्य माओवादी केन्द्र नै राजीनामा भन्दा छानबिनलाई जोड दिने अवस्थामा पुगेको हो ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भिजिट भिसा प्रकरणमा गम्भीर रुपमा अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको बताए ।

पदाधिकारी बैठकपछि सापकोटाले भने :

‘हामी जिम्मेवारी प्रतिपक्षको हिसावले निकाश निकाल्नका लागि हाम्रो अधिकतम जोड रहनेछ । सिर्जनात्मक र रचनात्मक हिसावले हामी निकाश निकाल्न लाग्नेछौँ । हाम्रो मुख्य कुरा के हो भने, जो विषय असाध्यै गम्भीर छ, यी विषयहरुमा छानबिन अपरिहार्य छ । मुख्य चाँही छानबिन हो । व्यक्ति विशेष आदीमा हाम्रो ध्यान छैन । मुख्य कुरा चाँही छानबिनको हो भन्ने छ र कुराहरु पनि भइराखेको छ । । हिजो पनि कुरा भयो, निरन्तर कुरा भइराखेको छ, यसलाई सकारात्मक हिसावले निकाशमा पुर्याउनुपर्छ भन्ने हिसावले हिजोको सदन स्थगित भएको छ । मुख्य त सरकारसँग सम्बन्धित पार्टी र विपक्ष पार्टीहरुसँग पनि कुराकानी गर्नुपर्नेछ । यो विषय एकदम महत्वपूर्ण र गम्भीर भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र फेरि सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने हेतुले हाम्रो आजको छलफलमा निष्कर्ष निस्किएको छ । र बाँकी कुरा त सरकारले हाम्रा कुरालाई कसरी लिन्छ र वातावरण बनाउँछ । र फेरि विपक्षी दलहरुसँग पनि हाम्रो छलफल बाँकी नै छ र त्यो अनुसार हामी अगाडि बढ्ने भन्ने निष्कर्ष रहेको छ ।’

त्यस्तै आजको बैठकमा अन्य समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?