काठमाडौं । नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ज्ञवालीलाई आजैदेखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो ।
उनी यसअघि कायममुकायमको जिम्मेवारीमा रहेका थिए । ज्ञवाली ०७७ सालमा नविल बैंकमा प्रवेश गरेका थिए । नायब महाप्रबन्धकका रुपमा नविल प्रवेश गरेका ज्ञवालीले गत चैत १३ गतेबाट कायम मुकायको जिम्मेवारी सम्हालेका थिए ।
यसअघिका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएसँगै ज्ञवालीलाई कामुको जिम्मेवारी दिइएको हो ।
ज्ञवालीसँग साढे २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । ४४ वर्षीय ज्ञवाली दैलेखमा जन्मिएका हुन् ।
उनीसँगनेपाल राष्ट्र बैंकमा समेत ५ वर्ष काम गरेको अनुभव रहेको छ । त्यस्तै त्यसपछि ग्लोबल आइएमई बैंकमा समेत ७ वर्ष बिताएका ज्ञवालीले २ वर्ष ज्योती विकास बैंकमा समेत नेतृत्व प्रदान गरेका थिए ।
ज्ञवाली बैंकिङ क्षेत्रमा कार्यरत व्यक्ति मात्र नभएर प्रेरक वक्ताको रुपमा समेत परिचित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया