नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

लोकपथ
154
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् ।

गभर्नर डा. विश्वनाथ पौडेलले बुधबारदेखि लागु हुने गरी पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

पण्डित ०६२ सालदेखि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेर विभिन्न विभागमा काम गरिसकेका छन् ।

उनले बैंक सुपरीक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । उनी हाल भुक्तानी प्रणाली विभागमा कार्यरत रहेका छन् ।

नयाँ गभर्नरका रुपमा पौडेल आएसँगै जिम्मेवारी हेरफेर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?