काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा पाँच सयले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया