काठमाडौं । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल जनाको मृत्यु भएको छ ।
दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनाबाट चालक घाइते भएका मोटरसाइकल चालक मिलन थापालाई उपचारका लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक सरकार टुडुलाई नियन्त्रणमा लिइएको छ भने बस र मोटरसाइकल दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया