माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

लोकपथ
455
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी छ।

जारी केन्द्रीय कार्यालय बैठकमा सर्वोच्चको पछिल्लो आदेश र समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भइरहेको छ।

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।

सर्वोच्चको यो निर्णयले माओवादी केन्द्रभित्र तरंग सिर्जना गरेको छ। पार्टी नेताहरूले आदेशलाई शान्ति प्रक्रियाका लागि प्रतिकूल मान्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?