आज केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

लोकपथ
637
Shares

काठमाडौं । हाल देशभर मौसम बदली भइरहेको छ । देशमा पश्चिम वायु, स्थानीय वायु र कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बागमती,  गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यी   प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?