उद्यमशीलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैनन् : प्रधानमन्त्री ओली

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उद्यमशीलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताए । हरेक वर्ष बजारमा ५ लाख युवाहरू रोजगारीका लागि आउने गरेको उनको भनाइ छ । रोजगारीको समस्या समाधान गर्न उद्यमशीलता विकासको विकल्प नरहेको बताए ।  

प्रधानमन्त्री ओलीले भने, ‘उद्यमशीलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरी जब अपच्र्युनिटी कसरी आउँछ ? हामीले सरकारी जब मात्रै खोज्यौँ भने त कहिले एउटा रिटायर होला र मौका पाउला भन्ने हुन्छ । यो त सीमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि । रोजगारीका अवसरका लागि हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरू रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ । उद्यमशिलतको विकास बाहेक अर्को कुनै उपाय छैन । उद्यमशीलताको विकासमा जोड दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?