प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको उत्सव पोखरा विश्वविद्यालयमा

लोकपथ
35
Shares

काठमाडौं । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधिसंकायमा यही जेठ २५ गते प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको उत्सव ‘इनोस्फियर १.०’ आयोजना हुने भएको छ।

विश्वविद्यालयको टेक क्लबको आयोजनामा हुन लागेको यो एकदिने प्रविधिमेला कम्प्युटर विज्ञान, सूचना प्रविधि, सफ्टवेयर, इलेक्ट्रोनिक्स तथा सम्बन्धित क्षेत्रका विद्यार्थीहरूका लागि खुला गरिएको छ ।

शैक्षिक अनुसन्धानलाई बजारमुखी समाधानमा रूपान्तरण गर्ने लक्ष्य
कार्यक्रममा विभिन्न इन्टरएक्टिभ प्रोटोटाइप, लाइभ डेमो, सफ्टवेयर तथा हार्डवेयर परियोजनाहरू, आइडिया पिचिङ, विद्यालयका साना विद्यार्थीहरूका लागिआफ्नो रचनात्मकता प्रदर्शन गर्नेुनेक्स्ट जेन इनोभेसनु मञ्च, विशेषज्ञहरूसँगको टक सेसन जस्ता नवप्रवर्तनमूलक प्रस्तुतितथा गतिविधिहरू समावेश गरिनेछन्, र यस्तै अरु पनिधेरै हुनेछन्। उत्कृष्ट परियोजनाहरूलाई पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएका छन्।

विशिष्ट अतिथिर उद्योग सम्पर्क
कार्यक्रममा साइबर सुरक्षा विशेषज्ञहरू, उद्यमीहरू, अनुसन्धानकर्तालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। उनीहरूले सहभागीहरूसँग संवाद गर्दैव्यवसायिक सञ्जाल विस्तारमा सहयोग पुर्याउनेछन्। यो अवसर विद्यार्थीहरूका लागिव्यावहारिक ज्ञान लिन, मार्गदर्शन पाउन र आफ्नो सम्भाव्यता उजागर गर्नउत्तम हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख आकर्षणहरू:
● प्रविधिप्रदर्शनी (Software/ Hardware Exhibition)
● पोस्टर डिजाइन (InnoCanvas)
● बिजनेस पिचिङ प्रतिस्पर्धा (Idea Pitching)
● गेमिङ शोडाउन (PUBG & E-Football)
● साङ्गीतिक प्रस्तुति(Echosphere Unplugged)
● नेटवर्किङ सेसन र सामाजिक अन्तर्क्रिया (Networking Session)

सामुदायिक संलग्नता र रचनात्मकताको उत्सव
इनोस्फियर केवल प्रविधिको मात्र नभई, रचनात्मकता र उद्यमशीलताको पनिउत्सव हो। कार्यक्रममा विभिन्न कलेज र संकायका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक विचार, प्रोजेक्ट र प्रस्तुतिप्रस्तुत गर्नेछन् । साँझको मुख्य आकर्षण म्युजिकल नाइट हुनेछ, जहाँ साङ्गीतिक प्रस्तुतिसहित मनोरञ्जनात्मक माहोल तयार हुनेछ।

सहभागिता र पहुँच
कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागिकुनै प्रवेश शुल्क छैन। विद्यालय र स्नातक तहका विद्यार्थीहरू, प्राध्यापकहरू, स्टार्टअप तथा उद्योग प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ। आयोजकले करिब ७००–८०० जनाको उपस्थितिरहने अपेक्षा गरेका छन्।
अधिक जानकारी र सहभागी हुने विवरणको लागिसम्पर्क :
इमेल: innosphere.pu@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?