राजावादीहरुको रणनीति : युवाहरुको समूह तयार, आन्दोलनका स्वरुप परिवर्तन गर्ने

लोकपथ
3.7k
Shares

काठमाडौं । राजावादी घटकहरुको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी दिनमा आन्दोलनको स्वरुपलाई परिवर्तन गर्ने भएको छ ।

आज सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको समिक्षात्मक बैठकले सो निर्णय गरेको हो ।

पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा दोस्रो चरणको आन्दोलनका स्वरुपहरु परिमार्जन गर्दै लैजाने निर्णय भएको समितिका संयोजक नवराज सुवेदीले बताए ।

बैठकपछि उपस्थित सबैलाई धन्यवाद दिँदै सुवेदीले भनेका छन्, ‘पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ ।’

त्यस्तै आगामी दिनमा काठमाडौं, देशका अन्य मुख्य शहरहरुमा जुलुस, सभा र सम्मेलन गर्ने समेत बताइएको छ ।

‘काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राखिनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ ।’

त्यस्तै देशभर जिल्लातहमा युवाहरुको समूह तयार गरी देशभर आन्दोलनका कार्यक्रमहरु गर्ने र त्यसलाई काठमाडौं केन्द्रित बनाइने बताइएको छ ।

‘देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गरिनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गरिनेछ ।’

राजावादीहरुले गत जेठ १५ गतेबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आइरहेका छन् । एक साता काठमाडौंमा हिन्दूराज्य र राजतन्त्रको मुद्दासहित प्रदर्शन गरेका राजावादीहरुले आगामी रणनीति तयार गर्न आज बैठक बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?