अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैन : देउवा

लोकपथ
644
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ०६२-०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनः स्थापित संसद्मा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको  बताए । उनले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताए । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताए ।

सभापति देउवाले भने,‘०६२-०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनः स्थापित संसद्मा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुन्छ । यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्ने कुरा विगतका अनुभवहरूले साबित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको छ ।’

सभापति देउवाले मुलुकका सबै समस्याहरूको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए । जातीय भेदभाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?