काठमाडाैं । राजावादी संघ संगठनले आयोजना गरेको कार्यक्रममा मिडियालाई बाहिर जान भनेपछि हंगामा भएको छ । राजावादी आन्दोलनमा प्रवक्ता बनाइएका स्वागत नेपालले मिडियालाई बाहिर जान भनेपछि विवाद भएको हो ।

राजावादी संघ संगठनका ४४ संघ संस्थाले आन्दोलनको समीक्षा र आगामी रणनीतिका सम्बन्धमा छलफलका लागि बुधबार सुकेधारामा अन्तरक्रिया कार्यक्रम राखेको थियो । सोही अन्तरक्रियामा छलफलकै बिचमा स्वागत नेपालले मिडियालाई बाहिर जान भनेपछि विवाद भएको हो ।

विश्व हिन्दु महासंघ शिव सेना नेपाल लगायतका संघ संस्थाले आफ्नो लामो धारणा राखेपछि पहिले देखि नै विवाद सुरु भएको थियो । आगामी योजनाबारे छलफल गर्नुपर्नेमा भाषण गर्न थालेको भन्दै भएको विरोधकै बिच राजावादी आन्दोलनमा प्रवक्ता बनाइएका स्वागत नेपालले मिडियालाई बाहिर जान भनेका थिए ।

सुरुवातदेखि नै भित्र रहेका मिडियालाई बाहिर जान भनेपछि त्यहाँ दुई पक्षबिच भनाभन भएको थियो । केहीले आगामी आन्दोलनबारे जनताले थाहा पाउनुपर्ने भएकाले मिडिया रहनुपर्ने धारणाा राखेका थिए भने केहीले आन्तरिक छलफल भएकाले मिडियालाई प्रवेश दिन नहुने बताएका थिए ।

आफ्नै दुई पक्षबिच नै विवाद भएपछि धारणा राख्न मञ्चमा जाँदै गरेका कमल थापाले समेत आफ्नो धारणा राख्न पाएनन् ।त्यसपछि दुई पक्षबिच नै विवाद भएपछि अहिले हिन्दुवादीका संघ संगठन पनि तितरबितर भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया