काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानबाट पछि नहटेपछि आज दिउँसो सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।
संसद् बैठक सहज रूपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख/मुख्य सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरेका थिए । छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा आफूहरूको बटमलाइन भएको बताएका थिए । उनले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका थिए ।
विपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभएसम्म सदन सञ्चालनको वातावरण नबन्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया