नेपाली फ्यानलाई क्यानको आग्रह– ‘खेल भइरहेको बेला मैदानभित्र नपस्नुस्’

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेल भइरहेको बेला वा खेल सकेपछि दर्शकहरूलाई मैदानभित्र नपस्न अनुरोध गरेको छ । क्यानले फेसबुक मार्फत यस्तो अनुरोध गरेको हो । 

नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको थियो । यो खुसीयालीमा नेपाली दर्शकहरू मैदानभित्र प्रवेश गरेका थिए । सोही घटनालाई लिएर क्यानले आज सूचना जारी गर्दै सचेत गराएको हो ।

क्यानको फेसबुक पोस्टमा भनिएको छ, ‘सबैको सुरक्षाका खातिर र अन्तर्राष्ट्रिय खेलको नियमअनुरूप हामी फ्यानहरूलाई कुनै पनि समय खेलका क्रममा वा खेलपछि पनि मैदानभित्र प्रवेश नगर्न अनुरोध गर्छौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?