काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित विभिन्न खाजाघरहरु अनैतिक क्रियाकलापका अखडा भएको पाइएको छ ।
तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द टोलको पुलसम्म सञ्चालनमा रहेका विभिन्न खाजाघरहरु अवैध क्रियाकलाप हुने गरेको हो ।
वडाध्यक्ष कविराज बस्नेतले विज्ञप्ति जारी गर्दै सो क्षेत्रका कित्ता नं ३९, ७२, ७१, ७०, १०५, १०७, ६८, ७३ र ११० मा निर्माण गरिएका खाजाघरहरुमा अवैध क्रियाकलापहरु हुने गरेको भन्दै सचेत गराएका छन् ।
उनका अनुसार उक्त क्षेत्रमा लागुऔषध दुर्व्यसनी, युवायुवतीको अस्वभाविक र यौनजन्य क्रियाकलाप, मदिरा सेवन र अन्य असामान्य गतिविधि, झैझगडा तथा हातहतियार समेतको प्रयोग हुने गरेको छ ।
त्यस्ता अमर्यादित क्रियाकलापहरुले गर्दा वडाबासी तथा टोलबासीहरुमा समस्या परेको भन्दै वडामा उजुरी दिएका थिए ।
वडाध्यक्ष बस्नेतले एक साताभित्र सम्बन्धित जग्गाधनी र घरधनीहरुलाई उपस्थित हुन आग्रह गरेका छन् । अन्यथा ती घर तथा जग्गामा सञ्चालित खाजाघरहरु बन्द गरिने समेत चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया