इन्जिनियर सुजित घिमिरेले ल्याए लोकदोहोरी ‘सिसा झ्यालैमा’ (भिडियोसहित)

लोकपथ
364
Shares

काठमाडौं । चर्चित लोक दोहोरी गायिका देवी घर्ती, इन्जिनियर सुजित घिमिरे र दिनेश क्षेत्रीको स्वरमा ‘सिसा झ्यालैमा’ सार्वजनिक भएको छ।

लोक दोहोरी क्षेत्रमा वर्षभन्दा बढी व्यतीत गरिसकेका कलाकार क्षत्रीको लय तथा शब्द संकलन रहेको गीत मुख्य गरी गण्डकी प्रदेशभित्र प्रचलित झ्याउरे लयमा आधारित छ। गीतमा राजकुमार मगरको निर्देशनमा कलाकार एलिना रायमाझी र रायन बस्यालले नृत्य गरेका छन्।

गीतका सर्जक दिनेश क्षत्री स्याङ्जाका हुन भने गायिका देवी घर्ती बागलुङकी। अर्का गायक सुजित घिमिरे पेसाले इन्जिनियर हुन्। घिमिरे विगत सात वर्षदेखि नेपाल विद्युत् प्राधिकरणमा सिभिल इन्जिनियरका रूपमा कार्यरत छन्।

लमजुङको चिसंकुमा जन्मिएका घिमिरे आफ्नो क्षेत्र प्राविधिक भए पनि सानै उमेरदेखि लोकदोहोरीप्रति असाध्यै रुचि भएको बताउँछन्। उनी थप्छन्, ‘गाउँमा साँझमा चराहरू वास बस्दा होस्, मौरी भुन्भुनाउँदा होस्, खोला छहरा छ्याङछ्याङ गर्दा होस्, लोक दोहोरीकै भाकामा आवाज निकालेजस्तो महसुस हुन्थ्यो। विकृति पनि भित्रिँदै गरेको वर्तमान समयमा नेपाल लोक संस्कृतिलाई जोगाइराख्न मौलिकता झल्किने झ्याउरे भाकाको गीत ल्याउन पाउँदा खुसी लागेको छ।’

सर्जक दिनेश क्षत्रीका चर्चित गीतहरू आकाशैले भुईँलाई हेरेको, केशरी, माया काखैमा अहिले पनि लोक बजारमा गुन्जिरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?