‘सक्किगोनि’ की सुरक्षा इटानी फिल्ममा 

लोकपथ
3.1k
Shares

काठमाडौं । हास्य सिरियल ‘सक्किगोनि’बाट चिनिएकी कलाकार सुरक्षा इटानीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । ‘द ब्लु लाइट’ मार्फत उनले फिल्म डेब्यु लागेकी हुन् । 

निर्माण युनिटले फिल्ममा उनी जोडिएको सार्वजनिक गरेको छ । फिल्ममा अभिनयले आफ्नो कलाकारिता यात्रामा एक नयाँ अध्याय थपिने उनले बताएकी छन् । 

‘द ब्लु लाइट’लाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनले पनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

मंगलबार मात्रै शुभ मुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । सुरक्षाले थुप्रै म्युजिक भिडिओ मोडलिङ गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?