माओवादीको अडान कायमै : गृहमन्त्रीको राजीनामा र छानबिन समिति

लोकपथ
434
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने आफूहरुको अडानलाई कायम राखेका छन् ।

बुधबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग दोहोर्र्याका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरुले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उल्लेख गरे । नागरिकहरु सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनको आरोप छ ।

प्रमुख सचेतक पाण्डेले भने, ‘हामी सदनलाई अवरुद्धकै अवस्थामा लिएर गइरहेका छौँ । फेरि यही बेलामा मान्य गृहमन्त्रीज्युले एकैदिन अख्तियारमा पठाएको प्रहरी अधिकारी एक पटक पठाएको फेरि अर्को पटक फिर्ता गरेको, यो खालको विषयवस्तु आएर एउटा ठूलो कन्फ्युजन भएको छ । हामीले छानबिन समिति आवश्यक पर्छ है । यो गम्भीर विषय वस्तु हो । सुशासन जस्तो कुरा हो । सुशासन समितिमा कुरा सुशासनको छ, जनता जम्मे सुशासन खोजी गरिरहेका छन् । त्यो बारेमा के हो भनाइ ?’

त्यस्तै प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरु छिटो टुंगो लगाउने गरी नलागेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?