काठमाडौं । सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले १ हजार १ सय २० किलो गाँजा बरामद गरेको छ । ३८ वटा बोरामा गाडेको अवस्थामा गाँजा बरामद भएको हो ।
सुनसरीको हरिनगरा गाउँपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद भएको हो ।
तस्कर समूहले सो गाँजा भारतमा तस्करीका लागि गाडेर राखेको बताइएको छ । गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बरामद गाँजा १ हजार १ सय २० किलो रहेको बताए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया